बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यी दुई मन्त्रीले अझैसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्

बिहिबार, भाद्र २८ २०७५

काठमाडौं भदौ, २८–
केन्द्रीय सरकाकारका २ मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । नियुक्त भएको तीन महिना बित्दा पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सम्पत्ति विवरण सार्वजनिक नगरेका हुन् ।  यादव र राई गत जेठ १८ गते मन्त्री बनेका हुन् । उनीहरुले मन्त्री नियुक्त भएको १०३ दिनसम्म पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । 
 सामान्यतया सरकारका प्रधानमन्त्री तथा मन्त्रीले नियुक्त भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन छ ।

संघीय समाजवादी फोरम नेपालसँग आबद्ध दुबैजनाले  सम्पत्ति विवरण सार्वजनिक नगरेर प्रचलित मुल्यमान्यताको खिल्ली उडाएका छन् ।