काठमाडौं भदौ, २६-
नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७७ औं शाखाहरु संचालनमा ल्याएको छ । यस बैंकले भदौ २५ गते सोमबारबाट कन्चनपुर जिल्लाको चानदेवमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको उद्घाटन, लालझडी गाँउपालिकाका अध्यक्ष मदन सेव बदायकद्वारा गरिएको थियो ।
बैकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
चानदेव शाखा सहित बैंकले ७७ शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५७ वट एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।