बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हमासद्वारा थप १७ जना बन्धक रिहा

आइतबार, मंसिर १० २०८०

एजेन्सी । प्यालेस्टाइनी चरमपन्थी समूह हमासले थप १७ जना बन्धकहरुलाई रिहा गरेको छ। जसमा १३ जना इजरायली र चार जना थाई नागरिक रहेका छन्।

यससँगै १३ इजरायली बन्धकको रिहाइको बदलामा रिहा भएका ३९ प्यालेस्टिनी बन्दी वेस्ट बैंक र जेरुसेलम पुगेका छन्।

रिहा भएका ३९ कैदीमध्ये ६ जना महिला छन्। बाँकी सबै १८ वर्ष मुनिका छन्।

यसअघि दुई पक्षबीच अस्थायी युद्धविरामलाई लिएर विवाद भएपछि बन्धक र बन्दी आदानप्रदान रोकिएको थियो।

इजरायल र हमास विद्रोही बीच चार दिने युद्ध विराम र बन्दी साटफेरको सम्झौता भएको हो ।

अस्थायी युद्ध विरामको अवधिमा ५० जना इजरायली बन्दकलाई हमासले रिहा गर्ने र १ सय ५० जना प्यालेस्टायनी कैदीलाई इजरायलले मुक्त गर्नुपर्नेछ ।