नयाँदिल्ली । दिल्लीसँगै रहेको साइबर सिटी गुरुग्राममा एउटा गुडिरहेको भोल्भो बसमा आगलागी भएको छ ।
सो घटनामा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनामा घाइते भएकाहरुलाई सरकारी अस्पताल लगिएको छ ।
यो बस गुरुग्रामबाट महोबा जाँदै थियो। सुरुमा १०–१२ जनाले बसको झ्यालबाट हाम फालेर ज्यान बचाएको जानकारी आएको थियो भने अर्कोतर्फ जानकारी पाए लगत्तै स्थानीय प्रशासनले उद्धार कार्य सुरु गरेको थियो ।
बसमा फसेका यात्रुको उद्धार गरिएको छ भने बस पूर्णरुपमा जलेर खरानी भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार जब यात्रुहरु दिल्ली– जयपुर एक्सप्रेस वेमा बस नम्बर ए आर ०१ के ७७०७ मा चढेका थिए, केही समय पछि नै सो बसमा अचानक आगलागी भएको सुुरु भएको थियो । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । आगलागीबाट बस कसरी जलेको प्रष्ट देख्न सकिन्छ । तर, आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।