शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

५०० रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार, कार्तिक २० २०८०

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।