बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आज एमालेको चियापान

बुधबार, कार्तिक १५ २०८०

काठमाडौं । नेकपा एमालेले आज चाडपर्वको अवसरमा चियापान कार्यक्रम गर्दैछ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरु हुने एमालेले जनाएको छ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा यही कात्तिक १४ गतेका लागि तय गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १५ गते गरिने भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै १५ गते आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी गराए ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो ठीक १२ः१५ बजेबाट सुरु हुनेछ ।

चियापानमा विभिन्न राजनीतिक दलका नेतासहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भूसाल लगायत नेतालाई निमन्त्रणा पठाइएको बुझिएको छ ।

हरेक वर्ष दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार लगायतका पर्वका अवसरमा एमाले, कांग्रेस लगायतका राजनीतिक दलले चियापान कार्यक्रम गर्दै आएका छन्।