आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रिन्सिपल हत्या प्रकरण : प्रेमिकासहित दश जना पक्राउ, आज सार्वजनिक गर्दै प्रहरी

बुधबार, कार्तिक १५ २०८०

बारा । स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई मंगलबार पक्राउ गरिएको छ ।

सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।

उनको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ।
बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई दिउँसो १ बजे सार्वजनिक गरिने जानकारी दिए।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरी सोधपुछ गरेको छ। सोधपुछका क्रममा संलग्नता पुष्टि भएकाहरूलाई बारा प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो।

सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे। चाउमिन लिएर स्कुल फर्किँदै गरेका बेला स्वर्णकारमाथि उनीहरूले गोली चलाएका थिए।

गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको वीरगंजस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

उनको हत्याको कारण विवाहोत्तर सम्बन्ध भनिएको छ।

उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। प्रिन्सिपल स्वर्णकार विवाहित हुन्। उनका दुई छोरा छन्।

केही समयअघि स्‍वर्णकार र एक युवती बीचको प्रेम सम्बन्ध बाहिरिएको थियो।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको जानकारी अनुसार पक्राउ परेकी महिला सोही स्कुलकी पूर्वलेखापाल हुन्।