काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ ।
आजको बैठकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने छन् । उनको सम्बोधनका लागि संघीय संसद् सचिवालयले तयारी गरिसकेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई महासचिव गुटेरेसले सम्बोधन गर्ने व्यहोराको पत्र सरकारबाट पाएसँगै सचिवालयले तयारी थालेको थियो । सचिवालयले बैठक कक्षलाई सजावट गरिएको छ ।
चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन् । उनी बुधवार फर्कदैँछन् ।