बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धान खेतमा शंकास्पद अवस्थामा युवकको शव भेटियो

बिहिबार, कार्तिक ९ २०८०

काठमाडौँ – जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव बिहीबार बिहान मृत फेला प्रहरीले जनाएको हो ।

धनुषाका प्रहरीा प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार मृतक भेटिएको ती युवकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । उनका अनुसार मुखमा रगत देखिएको छ । साथै, घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको उनले बताए । हत्या घटना गएरातिकै हुन सक्ने प्रहरीको अनुमान छ ।