बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले नेपालको संघीय संसदलाई ऐतिहासिक सम्बोधन गर्ने

शुक्रबार, कार्तिक ३ २०८०

काठमाडौं – संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई कार्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । गुटेरेसले कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणका कार्यक्रम मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

महासचिव गुटरेसको यसअघि असोज २६ गते आउने कार्यक्रम तय भएपछि इजरायलमा हमास समूहको आक्रमणपछि स्थागित भएको थियो।

उनले जलवायु परिवर्तनको बिषयलाई केन्द्रीत गरेर काला पत्थर, अन्नपूर्ण सर्किटलागयत अन्य क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ ।

महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतसँग भेटवार्ता गर्नेछन्। महासचिव गुटेरेसलाई सरकार प्रमुखलाई दिइने स्तरको सुरक्षा र कूटनीतिक मर्यादा प्रदान हुनेछ ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागिता जनाउन आउँदा नेपाल भ्रमणको निम्तो दिएका थिए ।

नेपाल भ्रमणका क्रममा उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको अध्ययन गर्ने र नोभेम्बरमा युएईमा आयोजना हुने जलवायुसम्बन्धी उच्चस्तरीय सम्मेलनमा विश्वलाई चासो व्यक्त गर्ने गरी उनको कार्यालयले तयारी गरिरहेको छ ।