बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिहिबार, कार्तिक २ २०८०

काठमाडौं- खोटाङको साकेला गाउँपालिका–५ बस्ने तेज बहादुर खड्काको घरमा बुधबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात लगायतका सामानहरू पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बर्दियाको गेरुवा गाउँपालिका–४ दक्षिणपुर बस्ने भरत देउवाको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा नगद ४५ हजार रूपैयाँ, सुन १ तोला, अन्नपात, घरायसी सामान र काठपात लगायतका सामानहरू पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।