काठमाडौँ – सुनवल नगरपालिका–४ सोमैटोला बस्ने यम बहादुर थापाको छोरा ३ वर्षीय आशिम थापाको सोही ठाउँस्थित माछा पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।
डुबेर अशक्त भएको अवस्थामा उद्दार गरी जिल्ला अस्पताल परासी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।