काठमाडौं । बीआरआई शिखर मञ्चमा भाग लिन चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी परेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् ।
चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
बेइजिङस्थित अस्पतालमा मुटुको एन्जी ओप्लास्टी गरिएको छ, आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेकाे उनका भतिजा डा. शितलकाजी श्रेष्ठले मिडियालाइ जानकारी गराएका छन् ।
परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन ।