बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

विश्वविद्यालयको सिस्टम ह्याक गर्ने दुई कर्मचारी निलम्बित

मंगलबार, भाद्र १२ २०७५

 

 १२ भदौ, काठमाडौं–
अनधिकृत व्यक्ति पसेर परीक्षा शाखाका इन्जिनियरिङ तर्फको सफ्टवेर सिस्टम ह्याक गरेपछि पोखरा विश्वविद्यालयलाई आगामी सातादेखि सञ्चालन हुने स्नातक तहको परीक्षामा चुनौती भएको छ। 

विश्वविद्यायलयको पोखरा ढुंगेपाटनमा रहेको केन्द्रीय कार्यालय परिसरमा रहेको परीक्षा नियन्त्रण कार्यालयको गोप्य कक्षमा गत मंगलबार साँझ ७ बजे  पसेका दुईजनाले आन्तरिक सफ्टवेर सिस्टम ह्याक गरेका हुन् । 

कान्तिपुरको पृष्ठ १३ मा सिस्टम ह्याकले तनावशिर्षकमा छापिएको समाचार अनुसार, घटनाका छानबिनका लागि विश्वविद्यलायले प्रहरीमा उजुरी गरेपछि बिहिबार एक कमचारी पक्राउ परेका छन् भने अरु दुई जना फरार छन् ।  

दुई कर्मचारी निलम्बित

नयाँ पत्रिकामा कम्प्युटर ह्याक गरेको आरोपमा पियुका दुई कर्मचारी निलम्बितशिर्षकमा समाचार छापिएको छ । परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटर ह्याक गरेको आरोपमा पोखरा विश्वविद्यालयका दुई कर्मचारी निलम्बनमा परेका छन्  । 

५ भदौमा साँझ कार्यरत सुरक्षागार्डलाई फर्निचर नापजाँच गर्ने भन्दै परीक्षा शाखाअन्तर्गत इन्जिनियरिङतर्फको ‘गोप्य’ कोठामा प्रवेश गरी कम्प्युटर ह्याक गरेको आरोपमा इन्जिनियरिङ संकायको ल्याबमा कार्यरत सहायक प्रशासक अमृत थापा र हेल्थ एन्ड एप्लाइड साइन्स संकायमा कार्यरत कार्यालय सहयोगी जीवन फुँयाललाई विश्वविद्यालयले सोमबार निलम्बन गरेको हो ।