काठमाडौं- दैलेखको नौमुले गाउँपालिका–२ नौखेरी बस्ने ३२ वर्षीय जिबराज शाही सोही गाउँपालिका–१ स्थित धाराडाडा गोरेटो बाटो तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बाराको जितपुरसिमारा उपमहानगरपालिका–२ सिमरा बस्ने ५५ वर्षीय कृष्ण पौडेल आफ्नै घरको छतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सुनसरीको धरान उपमहागनगरापलिका–१० बस्ने ४१ वर्षीय नबराज गुरूङ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिका–२ कालापानी बस्ने ७० वर्षीय शेर बहादुर नेपाली सोही नगरपालिका–२ कालापानी सामुदायिक वनको गोरेटो बाटोबाट करिब १ सय मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।