आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण, अस्पताल भर्ना

बिहिबार, असोज २५ २०८०

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।

उनका निजी चिकित्सक शिवजी सिलवालका अनुसार अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार भएको छ ।

निवासमै उपचार गरिरहे पनि ठीक नभएपछि बुधबार साँझ अस्पताल भर्ना गरिएको थियो ।

उपराष्ट्रपतिका प्रमुख स्वकीय सचिव आनन्द कुमार यादवका अनुसार गएराति अस्पताल भर्ना भएका यादवको अवस्था सामान्य रहेको छ।   भोलिसम्ममा डिस्चार्ज गरिने अस्पतालले बताएको उनले जनाएका छन्।