आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा, छैन नेपाललाई कुनै जानकारी

बिहिबार, असोज २५ २०८०

दार्चुला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् ।

मोदी हेलिकप्टरबाट साढे ८ बजे भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् ।

यसैबीच मोदी भ्रमणबारे नेपाली प्रशासनलाई भने कुनै आधिकारिक जानकारी गराइएको छैन । दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले अतिक्रमित क्षेत्रमा भारतीय प्रधानमन्त्री भ्रमणमा पुगेको अनौपचारिक जानकारी पाएको त्यसबाहेक अन्य कुनै जानकारी नआएको बताए ।

प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।

प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।

मोदीले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको दूरदर्शन गर्ने जनाइएको छ । यहाँ उनले पार्वती कुण्डमा पूजा गरेका थिए । पूजाआजाका क्रममा उनले पार्वती कुण्डमा पूजा गरेका थिए । यस क्रममा प्रधानमन्त्री मोदीले डमरु र घण्टी बजाएका थिए ।