काठमाडौं- सिरहाको कर्जन्हा नगरपालिका–२ फुल कुमारी स्कुल जाने बाटोको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
इलामको देउमाई नगरपालिका–८ साङरुमबा बस्ने ३० वर्षीय लेखराज राउत मंगलबार मृत अवस्थामा फेला परेका छन् । आफ्नै बारीमा घाँस काटी फर्कने क्रममा आफ्नै बारीमा सिचाईको लागि बनाएको पोखरीमा लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेका हो ।
बर्दियाको बारबर्दिया नगरपालिका–१० खैसहवा बस्ने १६ वर्षीया सलिना थारु आफ्नै सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।