शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चोरी पैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा

बुधबार, असोज २४ २०८०

काठमाडौं- बाँके जिल्लाको जानकी गाउँपालिका २ बन्जाडेगाउँबाट असोज २२ गते सशस्त्र प्रहरीले करीव ११ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामानसहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा, पर्दा, खाद्यान्य तथा किराना सामान नं. ३० बागेश्वरी गण बाँकेले नियन्त्रणमा लिएको हो । सामान ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै मोटरसाईकल र सामान छाडी फरार भएका थिए ।
बरामद सामान तथा मोटरसाईकल नेपालगंज भन्सार कार्यालय कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।