काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि नेपाल सरकारले इजरायलमा समस्यामा परेकाहरूको उद्धार र मृत्यु भएका नेपालीहरूको शव ल्याउन पहल थालेको छ ।
त्यहाँ रहेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले सम्पर्क व्यक्ति समेत तोकेको छ ।
त्यहाँस्थित दूतावासले एक विज्ञप्ति जारी गर्दै मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध समेत गरेको छ ।
नेपाली राजदूतावासमा रहेका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकेको छ ।
शनिवार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको थियो । चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन् ।