शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आजबाट दशैंका लागि अग्रिम टिकट बुकिङ, २० लाखसम्म यात्रु बाहिरिने अनुमान

सोमबार, असोज २२ २०८०

काठमाडौं । आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।

गत शुक्रबार सरकार र यातायात व्यवसायीबी भएको सहमतिअनुसार आज दसैंका अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको थियो ।

यसअघि व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएका थिए । तर, सरकारसँग भएको छलफलमा व्यवसायी पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् ।

दसैंका लागि अग्रिम टिकट बुकिङ अनलाइनमार्फत पनि गर्न सकिने यातायात व्यवसायीहरुले बताएका छन् । दशैंको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।