शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

आइतबार, असोज २१ २०८०

कपुरकोट गाउँपालिका–३ मुलपानीस्थित सडकमा दाङको तुल्सीपुरबाट सल्यानको जयचौरतर्फ आउँदै गरेको ना.६ ख ५४६३ नम्बरको बस सडकबाट करिब ७० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बसमा सवार त्रिवेणी गाउँपालिका–६ बस्ने ४४ वर्षीया अनिता बोहरा र दाङ तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३१ वर्षीया सुनिता सुनार रहेका छन् । दुर्घटनामा घाइते भएका २१ जनामध्ये १ जनाको सिटि अस्पताल, १ जनाको मेडिकल कलेज कोहलपुर, २ जनाको नर्सिङ होम नेपालगंजमा उपचार भइरहेको छ भने १७ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।