काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज आयोजक भारतले अष्ट्रेलियाको सामना गर्दैछ ।
यी दुई टोलीबीचको ‘हेभिवेट’ खेल नेपाली समयानुसा दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
चेन्नेइमा आइतबार दुई पटकको विश्वकप विजेता भारतले ५ पटकको विश्व विजेतासँग भिड्न लागेको हो ।
भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो ।
एकदिवसीय विश्वकपमा अष्ट्रेलिया सबैभन्दा सफल टोली हो । उसले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा यो प्रतियोगिता जितेको थियो । लगातार तीन विश्वकप जित्ने अष्ट्रेलिया एक्लो टोली हो ।
समग्रमा भारत र अस्ट्रेलियाबीच अहिलेसम्म कुल १ सय ४९ एकदिवसीय खेल भएका छन्।
अस्ट्रेलियाले ८३ र भारतले ५६ खेल जितेका छन्। दुई टिमबीच एकदिवसीय विश्वकपमा १२ खेल भएका छन्। जसमा ८ खेलमा अस्ट्रेलियाले जित निकाल्दा ४ खेलमा मात्र भारत विजयी भएको छ।
दुबै टोली विश्वकपको प्रवल दाबेदार रहेका छन्।
यी हुन् भारतका सम्भावित प्लेइङ : ११
रोहित शर्मा (कप्तान), शुभमन गिल/ईशान किशन (विकेट किपर), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन/शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद सिराज र जसप्रित बुमराह
यी हुन् अस्ट्रेलियाका सम्भावित प्लेइङ: ११
प्याट कमिन्स (कप्तान), डेभिड वार्नर, मिचेल मार्श, स्टिभ स्मिथ, मार्नुस लाबुशेन, ग्लेन म्याक्सवेल, एलेक्स क्यारी (विकेटकिपर), क्यारुन ग्रिन/मार्कुस स्टोइनिस, एडम जम्पा, मिचेल स्टार्क र जोश हजेलवुड