शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

शुक्रबार, असोज १९ २०८०

इटहरी उपमहानगरपालिका–६ सेन्टर प्लाजास्थित बरण्डा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय दिपेन्द्र कार्की समेत ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४९ हजार ५ सय ९० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।