काठमाडौं- दाङको तुलसीपुर उपमहानगरपालिका–१७ पश्चिम जमेरा बस्ने ५५ वर्षीया तुलसी चौधरी सोही ठाउँस्थित पानीको खाल्डोमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट निस्केकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
अछामको बान्निगढी जयगढ गाउँपालिका–५ बजकोट बस्ने २३ वर्षीय अशोक साउँद सोही ठाउँस्थित कालिका कालापाटास्थित जंगलमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । असोज १२ गते घरबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
प्युठानको झिमरुक गाउँपालिका–७ काभ्रेखोला बस्ने ३२ वर्षीया नारायणी केसी एमसीको छोरा ३ वर्ष २ महिनाको अप्रेल एमसी सोही ठाउँस्थित काभ्रेखोला भन्ने स्थानमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–२ बएडीस्थित काली गण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।