शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

शुक्रबार, असोज १९ २०८०

काठमाडौं- काठमाडौं महानगरपालिका–२८ भद्रकालीस्थित सडकमा प्र–३–०१–००१ ग ३७०५ नम्बरको ट्रक र बा.प्र–०२–०१८ प ९२७७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक सोही महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तेह्रथुमको आठराई गाउँपालिका–४ इवामास्थित सडकमा मे.१ त ३०७६ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सुनसरी इनरूवा नगरपालिका–७ तित्रीवन बस्ने ४० वर्षीय नवाज सतारको मृत्यु भएको छ । सुनसरीको गढी गाउँपालिका–५ थलाहास्थित सडकमा को.१ त ४८३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–६ बस्ने प्रमिला देवी मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ हस्पिटल टंकीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ लाङगालीस्थित सडकमा को.१ ख ४०६३ नम्बरको ट्रकले प्र.१–०२ ०४५ प ३७४ नम्बरको स्कुटरलाई शुक्रबार बिहान ठक्कर दिँदा स्कुटर चालक इटहरी उपमहानगरपालिका–९ बस्ने ४५ वर्षीय आश बहादुर राईको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको बटेश्वर गाउँपालका–३ दहालटोलस्थित सडकमा प्र.२–०२–००१ प ६३६६ नम्बर र ज.१० प २५७ नम्बरको मोटरसाइकललाई ज.१ त ९३५८ नम्बरको ट्याक्टरले बिहीबार राति ठक्कर दिँदा प्र.२–०२–००१ प ६३६६ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका–५ बस्ने ४० वर्षीया रेखा देवी महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ज.१० प २५७ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै हाल फरार प्र.२–०२–००१ प ६३६६ नम्बरको मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।

यसैगरी धनुषाको औरही गाउँपालिका–१ पौडेश्वर पुलमा प्र.२–०२–००६ प ९१०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक विदेह नगरपालिका–८ बफै बस्ने २६ वर्षीय राम मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।