काठमाडौं भदौ, ६–
मुुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुुलुुकको आर्थिक अवस्था सम्वन्धी आव २०७४—०७५ को प्रतिवेदन अनुसार नेपालको व्यापार घाटा २६ दसमलव सात प्रतिशतले बढेर ११ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँ पुुगेको छ ।
सो अवधिमा नेपालको कुल वस्तु आयात २५ दसमलव पाँच प्रतिशतले बढेर १२ खर्ब ४२ अर्ब ८३ करोड पुगेको छ भने कुुल बस्तुु निर्यात ११ दशमलव एक प्रतिशतले वृद्धि भई ८१ अर्ब १९ करोड पुगेको छ । राष्ट्र बैकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात चार दशमलव दुुई प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारततर्फ १२ दशमलव चार प्रतिशतले, चीनतर्फ ४३ दसामलव तीन प्रतिशतले र अन्य मुलुकतर्फ सात दशमलव पाँच प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलँैची, पोलिष्टर यार्न, जुटको बोरा, जस्तापाता, धागो, लगायतका वस्तुको निर्यात बढेको छ भने जि.आई पाईप, जुटको डोरी, जुस, उनी गलैचा, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २७ दशमलव आठ प्रतिशतले, चीनबाट भएको आयात २५ दशमलव पाँच प्रतिशतले र अन्य मुलुकबाट भएको आयात १९ दसमलव तीन प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, एम.एस. विलेट, हटरोल सिटईन क्वाईल लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, सेनिटरीवेयर्स, खाने तेल, सानो अलैँची, जिङ्क ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा ह्रास आएको छ भने अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको छ । राष्ट्र बैंकका अनुुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात छ दसमलव पाँच प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा सात दशमलव पाँच प्रतिशत रहेको थियो ।
यस्तो छ आयात निर्यातको अवस्था (कुल गार्हस्थ उत्पादनसँगको अनुपात)
२०७२/७३ २०७३/७४ २०७४/७५ औसत
वस्तु निर्यात ३.१ २.८ २.७ २.९
वस्तु आयात ३२.३ ३७.५ २१.३ ३७.७
व्यापार सन्तुलन –३२.२ –३२.७ –३८.६ –३४.९
कुल व्यापार ३७.४ ४०.२ ४४.० ४०.६
भ्रमण आय १.९ २.२ २.२ २.१
विप्रेषण आप्रवाह २९.५ २६.३ २५. १ २७.०
चालू खाता सन्तुलन –६.२ –०.४ –८.२ –०.८
विदेशी विनिमय सञ्चिति ४६.१ ४०.८ ३६.७ ४१.२
(श्रोत नेपाल राष्ट्र बैक)