काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।
आफ्ना श्रीमान्का हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा अनशनरत उनी सर्वोच्च अदालत परिसरमा ढलेकी हुन्।
तारिख लिएर फर्किने क्रममा बेहोस भएर लडेकी उनलाई वीर अस्पताल लगिएको छ ।
उनले आजै काठमाडौंको माइतीघरमा अनशन सुरु गरेकी थिइन् ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योग ढकाल (रिगल) को बाँकी सजाय मिनाह गरेका थिए ।
त्यसको विरोधमा रिगलले हत्या गरेका चेतनकी श्रीमती भारतीले अनशन सुरु गरेकी हुन् ।
चेतनलाई नेपालगञ्जको व्यस्त बजारमा दिउँसै खुँडा प्रहार गरी हत्या गरेको प्रकरणमा अदालतले रिगलविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
उनी करिब ५ वर्ष जेल बसेर माफी पाई थुनामुक्त भएका छन् ।