बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धार्मिक र सम्प्रदायिक घृणा नफैलाउन सरकारको अपील

मंगलबार, असोज १६ २०८०

काठमाडौं – सरकारले धार्मिक तथा सम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपील गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा नेपालगञ्जमा देखिएको तनावबारे छलफल भएको थियो । बैठकले धार्मिक, सम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न अपील गरेको छ ।

सञ्चारमन्त्री रेखा शर्माले भने, ‘विभिन्न जातजाति वा सम्प्रदायको बीचमा सुमम्बधमा खलल पुग्ने नगर्न नगराउन हुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’

साथै सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन वा व्यक्तिको प्रतिष्ठा वा गोपनीयतामा आघात पुर्‍याउने काम नगर्न पनि अनुरोध गरेको छ ।