शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पोखरा एयरपोर्टको उपकरणमा समस्या आएपछि जहाज डाइभर्ट

सोमबार, असोज १५ २०८०

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि यती एयरलाइन्स र श्री एयरलाइन्सका विमान अवतरण नगरी डाइभर्ट भएका हुन् ।

आज बिहान पोखरा विमानस्थलले केही समय सञ्चार उपकरणमा समस्या आएको र अहिले समाधान भइसकेको बताइएको छ ।