राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको आइतबार निधन भएको छ ।
नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिए ।
६५ वर्षका वडाध्यक्ष राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार गरिँदै आएका थिए ।
उनको घरमै हृदयघातका कारण वडाध्यक्ष रायको निधन भएको हो । शोकमा आइतबार डाक्नेश्वरी नगरपालिकामा शोक बिदा दिइएको थियो । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उनी निर्वाचित भएका थिए ।