काठमाडौं- रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहिया शिव मन्दिरस्थित सडकमा प्र.२–०२–००१ स ६४०३ नम्बरको ई–रिक्साबाट लडेर रिक्सामा सवार सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र रायको शनिबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको गौर प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ई–रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने हाल नम्बर नखुलेको सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
पर्साको वीरगंज महानगरपालिका–१७ स्थित सडकमा मधेश प्रदेश–०३ ०२५ प ९७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही हरिपुर नगरपालिका–१ हजरिया बस्ने ३६ वर्षीय रोसन बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौ महानगरपालिका–३१ शान्तिनगरस्थित सडकमा बा.प्र.०२–०३९ प ११९७ नम्बरको मोटरसाकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार भक्तपुर चागुनारायण नगरपालिका–४ बस्ने १७ वर्षीय सुशिल गुरुङको मृत्यु भएको छ । दुर्गटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलिया चोकमा को.१ ख ६१६९ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका–५ बस्ने ५२ वर्षीय केदार थापाको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।