बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

माल्दिभ्सविरुद्ध अभिनाश एक्लैले लिए ६ विकेट, नेपाल क्वाटरफाइनलमा

आइतबार, असोज १४ २०८०

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत नेपालले माल्दिभ्सलाई १३८ रनले गराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै २१२ रन बनाएको थियो । सो लक्ष्य पछ्याएको माल्दिभ्सले १९.४ ओभरमा सबै विकेट गुमाएर जम्मा ७४ रन मात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले ४७ र कुशल भुर्तेलले ३५ रन बनाएको खेलमा माल्दिभ्सले फराकिलो चुनौती पाएको थियो ।

नेपालका लागि अभिनाश बाेहोरा एक्लैले ६ विकेट लिएका थिए । साथै अभिनाश टी २० आईमा एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।  उनले ३.४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ६ विकेट हात पारे । यसअघि नेपालका सन्दीप लामिछाने र करण केसीले एकै खेलमा समान ५ विकेट लिएका थिए ।

यस्तै, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्सन झा, कुशल भुर्तेलले समान १र१ विकेट हात पारे । कुशल मल्लले २ ओभर बलिङ गर्दा कुनै विकेट हात पारेनन् । दिपेन्द्रसिंह ऐरीले पनि ३ ओभर बलिङ गर्दा कुनै विकेट हात पार्न सकेनन् ।

यसका साथै नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनल पुगेको छ । नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्नेछन् ।