बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

शुक्रबार, असोज १२ २०८०

काठमाडौं । राष्ट्रपति कार्यालयमा कार्यरत कानुन महाशाखाका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ ।

कार्की गत असार २० गतेदेखि राष्ट्रपति कार्यालयमा हाजिर भएका थिए । यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।

बिहीबार साँझदेखि नै विरामी रहेका कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल ल्याइएको थियो ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार अस्पताल ल्याउँदा सहसचिव कार्कीमा जीवनको कुनै संकेत थिएन । अस्पताल ल्याउनेबित्तिकै उनलाई मृत घोषणा गरिएको थियो।

राष्ट्रपति कार्यालयमा कार्यरत एक कर्मचारीका अनुसार बिहीबार साँझ नै कार्कीलाई वान्ता भएको थियो ।

५२ वर्षीय कार्कीका श्रीमती, एक छोरा र एक छोरी छन् ।