बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गेर्खु खोलाको पुल बाढीले बगाएपछि पासाङल्हामु राजमार्ग ठप्प

आइतबार, भाद्र ३ २०७५

नुवाकोट  भदौ, ३–
आइतबार बिहान आएको बाढीले गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । उक्त खोलाले  सडकसहित पुलको केही भाग बगाएको हो ।

अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली(बेत्रावती खण्ड ठप्प भएको छ । पुल र सडकमा क्षति पुगेपछि नुवाकोट–रसुवा आवतजावत गर्न सकिएको छैन ।

जिल्ला प्रहरी कार्यालयले विदुर नगरपालिका–१ र विदुर नगरपालिका १० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जनाएको छ ।

प्रहरीका अनुसार गल्छी(त्रिशूली–मैलुङ)स्याफ्रुबेंसी(रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास भइरहेको छ ।