शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुन तस्करी प्रकरण : आजबाट थुनछेक बहस

बुधबार, असोज १० २०८०

काठमाडौं । झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको मंगलबारसम्ममा सकिएकाले बुधबारबाट थुनछेक बहस सुरु हुन लागेको हो ।

गत साउन ४ गते समातिएको ६० केजी बढीको सो सुन तस्करी प्रकरण र भेपमा ल्याइएको झन्डै ९ केजी सुन प्रकरणमा सरकारी वकिलका कार्यालयले प्रतिबादीहरूलाइ थुनामा राखेर छानबिन गर्न आदेश  माग गर्नेछ ।