शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मेयर बालेन

इमान्दारिताका साथ काम गर्दा कुनै तन्त्रले केही फरक पार्दैन

मंगलबार, असोज ९ २०८०

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन्।

मंगलबार दिव्य शताब्दी पुरुष डा. गौरीशंकरलाल दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले डा. दासलाई झैं सरकारले अन्य चिकित्सकहरुलाई पनि सुरक्षाको प्रत्याभूति दिलाइ देशमै रहेर सय वर्ष बिताउनसक्ने वातावरण सिर्जना गनुपर्ने बताए।

उनले स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको उल्लेख गरे। उनले एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने बताए।

उनले भने, ‘अहिलेको देशको स्थितिमा उहाँजस्तो व्यक्तिको बारेमा काठमाडौँ महानगरपाकिलाभित्रै नभएर देशभर नै उहाँको विशेषता र उहाँको प्रेरणा मूल समारोह समितिले वर्षभर गर्ने कार्यक्रममा मूल सूचना प्रवाह गर्नसके नयाँ पुस्तालाई निकै प्रेरणा मिल्छ। विशेष गरी डाक्टरसाप, नर्स, स्वास्थ्यकर्मीहरु, अहिलेको देशको स्थितिमा देशमै रहेर सय बिताउनसक्ने प्रेरणा जाओस्।’

उनले थपे, ‘अहिलेको स्थितिमा जुन स्वास्थ्यकर्मीहरु बाहिँरिँदै जाँदै हुनुहुन्छ, उहाँहरुको रक्षा र सुरक्षा गर्न कठिन परेको छ, उहाँजस्तै देशमै बसेर सेवा गर्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको व्यवस्था होस्। कार्यक्रमको शुरुमै के भनियोभन्दा पाँच वटा राजा, ३५ प्रधानमन्त्री भनियो। एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्न काममा निरन्तरता दिन कुनै पनि तन्त्रले केही फरक नपर्ने रहेछ।’