बेलबारी नगरपालिका–८ चिसाङ पुलमा बा.७९ प ७०८४ नम्बरको मोटरसाइकल अन्यन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक सप्तरी कन्चनरुप नगरपालिका–१२ बस्ने ४० वर्षीय राजेश कुमार कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बेलबारी नोबेल अस्पताल हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।