शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

शक्तिकेन्द्र रिझाउन सिपालु सचिव पुष्कर अर्थमै फर्किए

सोमबार, असोज १ २०८०

काठमाडौं । ८ महिनापछि सचिव कृष्णहरी पुष्कर फेरि अर्थमन्त्रालयमै फर्किएका छन्।

सरकारले अर्थसचिव परिवर्तन गरेसँगै उनले फेरि अर्थमन्त्रालयको जिम्मेवारी पाउने भएका हुन् ।

गत वैशाखमा अर्थसचिवको जिम्मेवारी पाएका अर्जुन पोखरेलको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिएको हो।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उनलाई शुक्रबारको मन्त्रिपरिषद बैठकले अर्थसचिवमा सरूवा गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनितादेवी नियुक्त भएलगत्तै कृष्णहरिलाई सामान्यबाट प्रधानमन्त्रीको कार्यालय सरुवा गरिएको थियो ।

सचिवमा बढुवा भएसँगै २०७८ भदौमा राजस्व सचिवका रूपमा उनी अर्थमन्त्रालय प्रवेश गरेका थिए। उनी २०७८ असार २४ गते सचिवमा बढुवा भएका थिए।

उनी शक्तिकेन्द्र रिझाउन सिपालु सचिवका रुपमा पनि चिनिन्छन् । यसअघि जनार्दन शर्मा अर्थमन्त्री भएका बेला करको दर हेरफेरको विषय उठ्दा पनि कृष्णहरि अर्थ सचिव थिए । रोचक त के थियो भने, उनी २४ असार २०७८ मा मात्रै सचिवमा बढुवा भएका थिए, त्यसको डेढ महिनामै उनी अर्थ मन्त्रालयमा भित्रिएका थिए । उनी कांग्रेस र माओवादी केन्द्रका प्रायः सबै नेतामार्फत दबाव बढाउन सक्ने सचिवमा चिनिन्छन् ।