शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सोमबार, असोज १ २०८०

काठमाडौं – सिन्धुलीको दुधौली नगरपालिका–२ बसनियास्थित सडकमा स.९ प.३४ ८९ नम्बरको मोटरसाइकल र प्र.२–०२–००१ ह १८२८ नम्बरको अटो एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार दुधौली नगरपालिका–३ झुगाँ बस्ने ३५ वर्षीय रविना धामीको छोरा १ महिने शिशुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका शिशुको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार २ जना र अटोमा सवार ४ गरी ६ जना मध्ये ३ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरेको र ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–४ गिदिनिया भन्ने स्थानमा साइकलबाट लडेर सोही ठाउँ बस्ने ३४ वर्षीय नरेन्द्र थापाको आइतबार दिउँसो मृत्यु भएको छ । घरबाट भल्कातर्फ जाने क्रममा साइकलबाट लडेर गम्भीर घाइते भएका उनको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।