काठमाडौं- सिरहाको अर्नामा गाउँपालिका–३ बन्टिया बस्ने हरिदेव साहको छोरा ४ वर्षीय आनन्द कुमार साहको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार बिहान मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–७ दत्तपुर बस्ने बाल जी यादवको छोरा ११ वर्षीय सुरेन्द्र यादवको सोही ठाउँस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।