शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मृत अवस्थामा फेला

आइतबार, भाद्र ३१ २०८०

काठमाडौं- चितवनको भरतपुर महानगरपालिका–२४ समुन्नतटोल बस्ने ८० वर्षीय बुद्दी बहादुर कुमाल सोही ठाँस्थित धान खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देहीको तिलोतमा नगरपालिका– १४ चिलिया बस्ने ३० वर्षीय सन्दीप थापामगर सियारी गाउँपालिका–६ करङ्गे टोल बस्ने साथीको घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको बागमती गाउँपालिका–४ पांचपाण्डवमा हाल नाम, थर वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१७ ड्यामसाईड बस्ने ५८ वर्षीया पबित्रा बराल सोही ठाउँस्थित राममन्दिर पछाडीको नहरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । गत शुक्रबार घरबाट हिडेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।