काठमाडौं । चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सक सङ्घले देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको आब्हान गरेको छ ।
सन्चो अस्पताल, हेटौंडा, मकवानपुरमा कार्यरत विशेषज्ञ चिकित्सक द्वय डा. विकास थापा र डा. प्रशान्त विडारी डियुटीमा रहेको अवस्थामा ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरी गम्भिर घाईते बनाएको घटना बिरुद्ध
आज नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्णरुपमा बन्द गरि बिरोध कार्यक्रम गरिरहेका छन् ।
बन्द गरे पश्चात सामान्य ओपिडि लगायतमा उपचार गर्न आउनेहरु बिचल्ली परेका छन् ।