शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

६० किलो सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालयले आज मुद्दा दर्ता गर्दै

आइतबार, भाद्र ३१ २०८०

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले आज ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको आरोप लागेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ।

प्रहरीबाट प्राप्त भएको अनुसन्धान प्रतिवेदनको अध्ययन सकाएर आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागिएको कार्यालय प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

पछिल्लो ११ महिनामै करिब ३ सय ६३ केजी सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका ३२ र फरार १८ लाई प्रतिवादी बनाएर सीआईबीले ३ अर्ब ५० करोड बढीको बिगो मागदाबीसहित मुद्दा चलाउन राय दिएको छ ।

उनीहरुविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउन सिआइबीको सुझाव छ।

पक्राउ पर्नेमा ९ जना विदेशी नागरिकसहित भन्सार कर्मचारी, भन्सार एजेण्टसहित रहेका छन्। ५ जना चिनियाँले काभ्रे र काठमाडौंबाट नेपाली नागरिकता र राहदानी पनि बनाएको पाइएको छ।