शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

शुक्रबार, भाद्र २९ २०८०

काठमाडौं- काठमाडौंको तारकेश्वभर नगरपालिका–६ पैयुटारस्थित सडकमा प्रदेश.३–०१–०२२ च १६३२ नम्बरको गाडीको ठक्करबाट साईकलयात्री काठमाडौं पैंयुटार बस्ने रसुवा उत्तरगया गाउँपालिका–५ घर भएका १५ वर्षीय रोनिस थापाको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजंगजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरीको काठमाडौं महानगरपालिका–३ स्थित सडकमा बा.७९ प ३४६४ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका–७ बस्ने ३० वर्षीय शिरिष कुमार सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित सडकमा ना.३ ख ७९१७ नम्बरको ट्रकको ठक्करबाट मकवानपुर हेटौँडा उपमहानगरपालिका–१७ बस्ने सुनिता श्रेष्ठकी छोरी ३ वर्षीया दर्शना श्रेष्ठको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषाको धनौजि गाउँपालिका–४ भडरिया हाडा टोलमा साईकलबाट लडेर औरहि गाउँपालिका–२ परवाहा बस्ने अब्दुल साफिको छोरा ७ वर्षीय आर्यन साफिको बिहीबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको सिटि अस्पताल जनकपुर हुँदै प्रादेशिक अस्पताल सिरहामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरीको रुपनी गाउँपालिका–१ स्थित सडकमा स.४ प ५७६० नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रुपनी गाउँपालिका–३ हर्दिया टोल बस्ने ४५ वर्षीया सिलावती मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको युनिक अस्पताल रुपनी सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।