शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, भाद्र २९ २०८०

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–११ रमाईलोडाँडा बस्ने ३० वर्षीय चन्द्र बहादुर विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घर गोदामभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।