शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेन शाह

बिहिबार, भाद्र २८ २०८०

काठमाडौं। प्रतिष्ठित टाइम म्यागेजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई समावेश गरेको छ ।

वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची गर्न थालेको हो ।

मेयर बालेन शाहले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने भन्दै म्यागेजिनले विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा समावेश गरेको हो ।

म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ ।