शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिँदै नेम्वाङको पार्थिव शरीर

बिहिबार, भाद्र २८ २०८०

काठमाडौं। संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो।

शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।

नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो ।

प्रतिनिधिसभा सदस्य नेम्वाङको पशुपति आर्यघाटमा हिन्दु र मुन्धुम परम्परा अनुसार अन्तिम बिदाइ गरिदैँछ ।

हृदयघात भएर निधन भएका संबिधानसभा अध्यक्ष नेम्वाङको निधनमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।