काठमाडौं साउन, २७–
केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ।
बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आज बिहान ६स्३० बजे पहिरो खस्दा सडक रोकिएको बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यातायातका साधन पूर्णरूपमा बन्द हुँदा लामो तथा छोटो दूरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन्। बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेकोे छ। रासस