शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

खुकुरी प्रहार घटनामा धरानका उपमेयरका भाइसहित ८ जना पक्राउ

बुधबार, भाद्र २७ २०८०

विराटनगर । धरानका उपमेयर अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेघा सहितको समूहले धरान १५ सूर्यवस्तीका सन्देश राईलाई कुटेको आरोपमा उपमेयरका भाइ विष्णुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाका भाइमाथि पनि खुकुरी प्रहार भएको छ। धरान १५ सुर्यवस्तीमा बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको हो।   खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ।

विष्णुको समूहले सुरुमा सन्देश राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो । सन्देशको समूहलाई आक्रमण गरेपछि सो समूहले विष्णु बेघालाई घरैमा गएर कुटेको थियो ।

धरान १५ मा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर युवाहरूको समूहले भाइ विष्णुमाथि खुकुरी प्रहार गरेका थिए।

पुरानो रिसीइबीका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । विष्णुको समूहले काटेका सन्देशको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।

विष्णुसहित उनको समूहका बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

सन्देशका ग्याङका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राई पनि पक्राउ परेका छन् ।